काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ५ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९६ हजार ८ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन तोलामा दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदी १७५ रुपैयाँले बढेर तोलामा पाँच हजार ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो मंगलबार चाँदी तोलामा चार हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।