images
images

नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि पठनपाठन


  • 142
    SHARES
  • २०८३ जेठ १२ गते मंगलबार

    नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि पठनपाठन
    काठमाडौँ । नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान भण्डारखालमा विद्यावारिधि पठनपाठन शुरु भएको छ । सेनाले डिएम र एम सिएचतर्फ तीन विधामा विद्यावारिधि तहको पठनपाठन थालनी  गरेको हो । ती विधामा डिएम कार्डियोलोजी, डिएम क्रिटिकल केयर तथा एम सिएच युरोलोजी विषय छन् । 
     
    संस्थानका कार्यकारी निर्देशक उपरथी प्रा डा देवेन्द्रबहादुर खत्रीका अनुसार, विद्यावाधि तह डिएम र एम सिएचतर्फ डिएम कार्डियोलोजी, डिएम क्रिटिकल केयर  तथा एमसिएस युरोलोजी विषयमा पठनपाठन गर्न स्वीकृति प्राप्त भई पठनपाठन शुरु भएको छ । संस्थानअन्तर्गत हाल स्नातक तहमा पाँच कार्यक्रम एमबिबिएस, बिपिएच, विएस्सी एमएलटी, बिएनएस विएस्सी तथा नर्सिङ कार्यक्रा सञ्चालित छन् । 
     
    स्नातकोत्तर तह एमडी÷एमएसतर्फ १८ विषय तथा एएनतर्फ विभिन्न पाँच विषयको पठनपाठन हुँदै आएको छ । हाल स्नातक विषयमा एक हजार २१५ र स्नातकोत्तर तहअन्तर्गत विभिन्न विधामा २६५ विद्यार्थी अध्ययनरत छन् । ती स्नातक विषयमा एक हजार ५९२ विद्यार्थी दीक्षित भएका छन् । 
     
    कार्यकारी निर्देशक उपरथी प्रा डा खत्रीका अनुसार स्वास्थ्य विज्ञान संस्थानमा स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि तहका शैक्षिक कार्यक्रमको सञ्चालन गरिएसँगै संस्थानद्वारा सञ्चालित शिक्षण अस्पताल वीरेन्द्र अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवासहित समग्र स्वास्थ्य सेवाको गुणस्तरमा उल्लेखनीय सुधार आएको छ ।  
     
    लाइसेसिङ परीक्षामा शतप्रतिशत उत्तीर्ण 
     
    नेपाल मेडिकल काउन्सिलद्वारा विसं २०८२ सञ्चालन भएको ‘लाइसेसिङ’ परीक्षामा संस्थानका ‘एमबिबिएस’तहका ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । यसैगरी नेपाल हेल्थ प्रोफेशनल काउन्सिलबाट लिइएको ‘लाइसेसिङ’ परीक्षामा बिपिएच तथा एमएलटी कार्यक्रमका र नेपाल नर्सिङ काउन्सिलद्वारा सञ्चालित  ‘लाइसेसिङ’ परीक्षामा शतप्रतिशत  विद्यार्थी उत्तीर्णसफल भएका थिए । 
     
    यो उत्तीर्ण हुनेमा संस्थान पहिलो भएको जनाइएको छ । चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्रा डा मोहनराज शर्माका अनुसार, स्थापनाको छोटो अवधिमा गुणस्तरीय चिकित्सा शिक्षा क्षेत्रमा संस्थानले ऐतिहासिक सफलता हात लागेको छ । चिकित्सा शिक्षाको जनशक्ति, अनुसन्धानसहित स्वास्थ्य सेवा प्रवाहमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान भण्डारखालले छोटो समयमा  अब्बल प्रगति हासिल गरेको शर्माका भनाई छ ।
     
    स्नातक तथा स्नातकोत्तर तहमा विषय थप हुँदै 
     
    संस्थानले आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा ब्याचलर इन फिजियोथेरापी, ब्याचलर इन फार्मेसी कार्यक्रम थप गर्ने तयारी गरेको छ । संस्थानका कार्यकारी निर्देशक उपरथी प्रा डा खत्रीले भन्नुभयो, “संस्थानको शैक्षिक दायरालाई समयानुकूल विस्तार गर्ने योजना रहेको छ । संस्थानले आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा ब्याचलर इन फिजियोथेरापी, ब्याचलर इन फार्मेसी कार्यक्रम थप गर्ने तयारी गरेको छ । आवश्यक गृहकार्य सकेर  सम्बन्धित निकायमा स्वीकृतिका लागि पेस गरेका छौँ ।  
     
    स्नातक कार्यक्रम ब्याचलर इन डेन्टल सर्जरी, ब्याचलर इन ओप्टोमेट्री तथा स्नातकोत्तर तहका कार्यक्रम एमडी इमरजेन्सी मेडिसियन, एमएस्सी एमएलटी बायोकेमेट्री, एमएस्सी एमएलटी माइक्रोबायोलोजी तथा फेलेशीप इन अन्कोइमेजिङलगायतका कार्यक्रम सञ्चालन गर्न आवश्यक पहल तथा समन्वय भइराखेको छ । यसका लगि आवश्यक पूर्वाधार तयारी तीव्र छ ।” 
     
    अब्बल  अनुसन्धान 
     
    सस्थानले शैक्षिक कार्यक्रम साथसाथमा सस्थानमा खोज तथा अनुसन्धानलाई साथसाथमा प्रभावकारी रुपमा निरन्तर जारी राखेको छ । गतवर्ष सङ्कायका सदस्य तथा स्नातक एवं स्नातकोत्तर तहका विद्यार्थीबाट २९२ वटा अनुसन्धान प्रस्ताव भएकामा २१५ प्रस्ताव स्वीकृत भएको  निर्देशक उपरथी प्रा डा खत्रीले बताए । 
     
    खत्रीका अनुसार, सस्थानमा अनुसन्धानमूलक शैक्षिक वातावरण क्रमशः सुदृढ हुँदै गएको छ । शैक्षिक कार्यक्रमहरुलाई व्यवहारिक, समुदायमुखी तथा परिणाममुखी बनाउन सस्थानले पाठ्यक्रमअनुसार प्राज्ञिक तथा समुदायमा आधारित स्थलगत अध्ययनलाई उच्च प्राथमिता दिएको छ ।
     
    हाल सस्थानमा ३८ प्राध्यापक, ६८ सह प्राध्यापक,१४२ उप प्राध्यापक सेवारत रहेका छन् । सस्थानबाट प्रकाशित मेडिकल जर्नलले अन्तराष्ट्रिय तहमा उच्च स्थानका साथ मान्यता पाएको छ । साथै नेपालबाट प्रकाशित हुने १० मेडिकल जर्नलभित्र पर्न सफल भएका छन् । 
     
      नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, चिकित्साशास्त्र महाविद्यालयका प्राचार्य सहायक रथी प्रा डा रत्ना अधिकारीले त्रिविवि चिकित्सा अध्ययन सस्थानको नीति भित्र रहेर सस्थानले पठनपाठन तथा अध्ययन अनुसन्धान गरिराखेको बताए ।

     




    images

    Logo