images
images

भुर्तेल चम्किदा नेपालले चीनबिरुद्ध बनायो ३१३ रनको विशाल योगफल


  • 153
    SHARES
  • २०८३ जेठ १७ गते आइतबार

    भुर्तेल चम्किदा नेपालले चीनबिरुद्ध बनायो ३१३ रनको विशाल योगफल

    काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले चीनविरुद्ध विशाल योगफल खडा गरेको छ । कुशल भुर्तेलको शानदार शतक तथा कुशल मल्ल र रोहित पौडेलको आक्रामक अर्धशतक मद्दतमा नेपालले चीनविरुद्ध ३१३ रन बनाएको हो । 

    टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा २ विकेट गुमाएर ३१३ रन बनाएको हो । यो नेपालका लागि दोस्रो सर्वाधिक रन हो । यसअघि नेपालले एसियन गेम्समा मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो ।

    कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै ४३ बलमा १२९ रन बनाए । उनले १६ छक्का र ५ चौका प्रहार गरे । यस्तै कुशल मल्ल ४७ बलमा ८५ रन तथा रोहित पौडेल २१ बलमा ६९ रनमा अविजित रहे ।

    भुर्तेलले खेलको नवौं ओभरमा ६ छक्का समेत प्रहार गरे । उनी यो कीर्तिमान बनाउने नेपालका दोस्रो खेलाडी हुन् भने विश्वकै छैटौं खेलाडी समेत हुन् । चीनका मा कुइनचेन र डेंग जिंकीले समान एक विकेट लिए ।




    images

    Logo