images
images

भारत भ्रमणको एक सातामै चीन भ्रमण जाँदै परराष्ट्रमन्त्री खनाल


  • 204
    SHARES
  • २०८३ जेठ २५ गते सोमबार

    भारत भ्रमणको एक सातामै चीन भ्रमण जाँदै परराष्ट्रमन्त्री खनाल

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल अर्को साता चीन भ्रमण जाने भएका छन् । भारत भ्रमण सकेर फर्किएको एकब सातामा मन्त्री खनाल चीन भ्रमणमा जान लागेका हुन् । 

    परराष्ट्र स्रोतका अनुसार खनाल जेठ ३१ गते चीन प्रस्थान गर्नेछन् । चार दिने भ्रमणका क्रममा उनले चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङलाई भेट्ने बताइएको छ ।

    परराष्ट्रमन्त्री खनालले जेठ २२ गतेदेखि तीनदिने भारत भ्रमण सम्पन्न गरेका थिए । भारत बसाइको क्रममा उनले समकक्षी एस जयशंकर, सत्तारुढ भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले लगायतसँग भेटवार्ता गरेका थिए ।

    नेपाली भूमि लिपुलेक क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषयमा खनालले आफ्ना अडान दोहोर्‍याएका थिए । चीन भ्रमणको क्रममा पनि यो विषयले प्रवेश पाउनसक्ने बताइएको छ । साथै दुई देशबीचको सम्बन्धका विभिन्न विषयमा पनि छलफल गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ।




    images

    Logo