images
images

छ विश्वकपमा गोलगर्ने रेकर्ड रोनाल्डोका नाममा


  • 217
    SHARES
  • २०८३ आषाढ १० गते बुधबार

    छ विश्वकपमा गोलगर्ने रेकर्ड रोनाल्डोका नाममा

    काठमाडौँ । पोर्चुगलका स्टाइकर रोनाल्डोले लगातार  छ विश्वकपमा गोलगर्ने रेकर्ड बनाएका छन् । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत गएराती सम्पन्न खेलमा पोर्चुगका क्रिस्टियानो रोनाल्डोले दुुई गोलगर्दै त्यस्तो रेकर्ड बनाएका हुन् । 

    समूह ‘के’अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित ग¥यो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो नायक बने । खेलको छैटौँ मिनेटमा ‘कर्नर’बाट आएको बललाई रोनाल्डाले जाली चुमाउँदै टोलीलाई अग्रता दिलाए । त्यसपछि १७औँ मिनेटमा नुनो मेन्डेसले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । 

    ३९औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ३–० को अवस्थामा आयो । खेलको ६०औँ मिनेटमा अब्दवोहिद नेमातोवले र ८७औँ मिनेटमा राफाएल लीओले गोल गरेपछि पोर्चुगलले खेल ५–० गोलअन्तरले जित्यो । जितसँगै पोर्चुगल समूह ‘के’को अङ्क तालिकामा चार अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ । 

    समूह चरणको आफ्नो पहिलो खेलमा पोर्चुगलले कङ्गोसँग बराबरी खेलेको थियो । समूह चरणमा लगातार दोस्रो हार बेहोरेको उज्वेकिस्तान अङ्क तालिकाको अन्तिममा छ । विश्वकप प्रतियोगिताअन्तर्गत आज बिहान ४ः४५ बजे पानमा र क्रोएसियाबीच खेल हुँदैछ । साथै बिहान ७ः४५ बजे कोलम्बिया र कङ्गोबीच खेल हुनेछ ।




    images

    Logo