काठमाडौँ । सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरिएको हो।
अर्थ मन्त्रालयबाट निमित्त भन्सार बिभाग प्रमुख भरतमणि पाण्डेयको अर्थ मन्त्रालयबाहिर सरुवा भएको छ । त्यस्तै श्याम भण्डारी र आन्तरिक राजश्व विभागका निमित्त महानिर्देशक रमेश अर्याल अर्थमन्त्रालयबाट बाहिरिएका छन् ।
त्यसैगरी यामलाल भुसाल, प्रेम प्रसाद आचार्य र भीष्म कुमार भुसाल अर्थ मन्त्रालयमा भित्रिएका छन् ।