images
images

राष्ट्रपतिले बिहिवार मध्यराती कुन कुन चार विधेयक गरे प्रमाणीकरण ?


  • 99
    SHARES
  • २०८३ आषाढ २६ गते शुक्रबार

    राष्ट्रपतिले बिहिवार मध्यराती कुन कुन चार विधेयक गरे प्रमाणीकरण ?

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार मध्यराती विभिन्न चारवटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण (तेस्रो संशोधन) विधेयक २०८३’, प्रमाणित गरेका हुन् । 

    त्यसैगरी राष्ट्रपति पौडेलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ बिहीबारराती प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए ।  

    सङ्घीय संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि ती विधेयक बिहीबार नै राष्ट्रपति कार्यालयमा पेस भएका थिए । ती विधेयक बिहीबार नै प्रमाणीकरण गर्नैपर्ने अवस्था भएकाले मध्यरातमा प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालय श्रोतले जनाएको छ । 


    images

    Logo