images
images

फ्रान्स लगातार तेस्रोपटक विश्वकपको  सेमिफाइनलमा


  • 138
    SHARES
  • २०८३ आषाढ २६ गते शुक्रबार

    फ्रान्स लगातार तेस्रोपटक विश्वकपको  सेमिफाइनलमा

    काठमाडौँ । मोरक्कोलाई पछिपार्दै फ्रान्स विश्वकप २०२६ को  सेमिफाइनलमा पुगेको छ । शुक्रबार बिहान अमेरिकामा सम्पन्न पहिलो क्वाटर फाइनलमा ६ मिनेटको अन्तरालमा दुई गोल गर्दै फ्रान्स सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो । 
     
    साविक उप विजेता फ्रान्स लगातार तेस्रोपटक विश्वकपको  सेमिफाइनलमा पुगेको हो । फ्रान्सका लागि ६०औँ मिनेटमा केलियन एम्बाप्पे र ६६औँ मिनेटमा ओसमान डेम्बेलेले गोल गरे गरे । खेलको पहिलो हाफमा पेनाल्टी मिस गरेका एम्बाप्पेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेका थिए । ६०औँ मिनेटमा डिजायर डोउको पासमा एम्बाप्पेले डिबक्सको किनारबाट मोरोक्कोका डिफेन्डरलाई छक्याउँदै सुन्दर गोल गरे। 

    यो गोलसँगै एम्बाप्पेले यस विश्वकपमा ८ गोल पूरा गर्दै लियोनेल मेस्सीसँग गोल्डेन बुटको दौडमा बराबरी गरेका छन्। 
    योसंगै एम्बाप्पेको विश्वकप करियरको २०औँ गोल समेत हो। एम्बाप्पेको गोलको खुसीयाली सेलाउन नपाउँदै ६६औँ मिनेटमा ओसमान डेम्बेलेले अर्को गोल थपे।

    एम्बाप्पेकै पासमा डेम्बेलेले मोरोक्कोको रक्षापङ्क्तिमा रहेको खाली ठाउँको फाइदा उठाउँदै बललाई जाली चुमाएका थिए । अब फ्रान्सले सेमिफाइनलमा बेल्जियम वा स्पेनमध्ये एकसँग खेल्नेछ। हारसंगै २०२२ को विश्व कपमा सेमिफाइनलसम्मको यात्रा गरेको मोरक्को क्वाटर फाइनफबाटै बाहिरिएको छ ।


    images

    Logo