images
images

आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु


  • 122
    SHARES
  • २०८३ आषाढ २६ गते शुक्रबार

    आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

    काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसर बाहिर आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ।

    गम्भीर अवस्थामा उद्धारपछि वीर अस्पतालमा भर्ना गरिएका नेपालीको भेन्टिलेटरमा उपचार भइरहेका बेला शुक्रबार बिहान ११:२० बजे मृत्यु भएको काठमाडौँ प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।

    चिकित्सकका अनुसार घटनामा उनको अनुहार, टाउको, घाँटी तथा छातीका भागमा गम्भीर जलन भएको थियो। ती अंगमा व्यापक क्षति पुगेकाले उनको स्वास्थ्य अवस्था सुरुदेखि नै अत्यन्त जटिल रहेको अस्पताल स्रोतले जनाएको थियो।


    images

    Logo