images
images

कीर्तिपुरको होल्डिङ सेन्टर बाढीले डुबायो, सुकुमबासी विस्थापित


  • 165
    SHARES
  • २०८३ आषाढ २७ गते शनिबार

    कीर्तिपुरको होल्डिङ सेन्टर बाढीले डुबायो, सुकुमबासी विस्थापित

    काठमाडौं । लगातारको वर्षापछि कीर्तिपुरस्थित बागमती नदीमा आएको बाढीले राधास्वामी सत्संग परिसरमा रहेको होल्डिङ सेन्टर जलमग्न हुँदा त्यहाँ आश्रय लिइरहेका सुकुमबासी परिवार प्रभावित भएका छन्।

    शुक्रबार रातिदेखिको अविरल वर्षापछि नदीको बहाव बढेर बाढी होल्डिङ सेन्टरभित्र पसेको हो। बाढी प्रवेश गरेपछि त्यहाँ बस्दै आएका परिवारहरू ज्यान जोगाउन कीर्तिपुरको मुख्य सडकतर्फ निस्किएका छन्।

    बाढीका कारण खाद्यान्न, ओछ्यान, लत्ताकपडा तथा दैनिक प्रयोगका सामग्री पानीमा डुबेर क्षति पुगेको छ। प्रभावितका अनुसार बाढीको पानी करिब एकदेखि डेढ घण्टासम्ममा होल्डिङ सेन्टरभर फैलिएको थियो।

    घटनास्थलमा सुरक्षाकर्मी डुङ्गासहित पुगेर उद्धार कार्य सञ्चालन गरेका छन्।

    सरकारले नदी किनारका सुकुमबासी बस्ती हटाएर बाढीको जोखिमबाट सुरक्षित राख्ने उद्देश्यले उनीहरूलाई उक्त होल्डिङ सेन्टरमा राख्दै आएको थियो।


    images

    Logo