images
images

बुद्धनगरमा आत्मदाह प्रयास, ५५ प्रतिशत शरीर जलेका पुरुषको वीर अस्पतालमा उपचार हुँदै


  • 153
    SHARES
  • २०८३ आषाढ २७ गते शनिबार

    बुद्धनगरमा आत्मदाह प्रयास, ५५ प्रतिशत शरीर जलेका पुरुषको वीर अस्पतालमा उपचार हुँदै

    काठमाडौं । काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्।

    शनिबार बिहान ४५ वर्षीय अश्विन राउतले पारिवारिक विवादपछि डेराको भान्सामा गएर आफूलाई आगो लगाएका थिए।

    घाइते अवस्थामा उनको उद्धार गरी उपचारका लागि वीर अस्पताल भर्ना गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार राउतको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ।

    हाल उनको वीर अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


    images

    Logo