images
images

विश्वकप फुटबल : भोलि नर्वे–इंग्ल्यान्ड र अर्जेन्टिना–स्विट्जरल्यान्ड भिड्दै


  • 441
    SHARES
  • २०८३ आषाढ २७ गते शनिबार

    विश्वकप फुटबल : भोलि नर्वे–इंग्ल्यान्ड र अर्जेन्टिना–स्विट्जरल्यान्ड भिड्दै

    काठमाडौं । फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टरफाइनलका दुई महत्त्वपूर्ण खेल हुँदैछन् ।

    पहिलो खेल नेपाली समयअनुसार बिहान पौने ३ बजे नर्वे र इंग्ल्यान्डबीच हुनेछ । विश्वकपको इतिहासमा पहिलो पटक क्वार्टरफाइनल पुगेको नर्वेले लगातार तेस्रोपटक अन्तिम आठमा स्थान बनाएको इंग्ल्यान्डको चुनौती सामना गर्नेछ ।

    नर्वेका स्टार फरवार्ड एर्लिङ हालान्ड उत्कृष्ट लयमा छन् । उनले यस विश्वकपमा हालसम्म ७ गोल गरिसकेका छन् । इंग्ल्यान्डका कप्तान ह्यारी केन र मिडफिल्डर जुड बेलिङ्घम पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

    दोस्रो क्वार्टरफाइनल खेल बिहान पौने ७ बजे साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्डबीच हुनेछ । अर्जेन्टिना सेमिफाइनल यात्रा सुरक्षित गर्ने लक्ष्यमा हुनेछ भने स्विट्जरल्यान्ड ऐतिहासिक सफलता दोहोर्याउने प्रयासमा रहनेछ ।

    यसअघि सम्पन्न क्वार्टरफाइनल खेलमा स्पेनले बेल्जियमलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । अर्को खेलमा साविक उपविजेता फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो । अब सेमिफाइनलमा स्पेन र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ।


    images

    Logo