images
images

अतिरिक्त समयमा नर्वेलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा


  • 141
    SHARES
  • २०८३ आषाढ २८ गते आइतबार

    अतिरिक्त समयमा नर्वेलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा

    काठमाडौं । फिफा विश्वकप २०२६ को तेस्रो क्वाटरफाइनलमा साविक उपविजेता इङ्गल्याण्डले नर्वेको ऐतिहासिक यात्रा समाप्त पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

    निर्धारित समय १-१ गोलको बराबरी भएपछि अतिरिक्त समयमा खेल धकेलिएको थियो। जहाँ इंग्ल्यान्डले अग्रता बनाउँदै खेल २-१ ले आफ्नो पक्षमा पार्यो।

    अतिरिक्त समयको तेस्रो मिनेटमानै मोर्गन रोजर्सले प्रहार गरेको बल नर्वेका गोलरक्षक ओर्जान नाइलान्डले सहजै नियन्त्रण गर्ने अवस्थाबिच उनले हातबाट बल फुत्काएपछि जुड बेलिङ्घमले रिबाउन्डमा कुनै गल्ती गरेनन्।

    त्यसअघि निर्धारित समयमा पनि नर्वेसँग १-० ले पछि रहेको अवस्थामा बेलिङ्घमलेनै इंग्ल्यान्डलाई खेलमा फर्काएका थिए। निर्धारित समय १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

    खेलमा नर्वेले पहिलो हाफमै अग्रता लिएको थियो। उसका लागि आन्द्रेयाश शेल्डेरुपले ३६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। तर पहिलो हाफमै इंग्ल्यान्डका जुड बेलिङ्घमले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यसपछि दोस्रो हाफमा पुन नर्वेले अग्रता बनाएपनि भिएआरले नर्वेको अग्रतालाई ‘डिसअलाउड’ गरेपछि इंग्ल्यान्डले राहत महसुस गरेको थियो।

    अतिरिक्त समयमा रेफ्रिले इंग्ल्यान्डलाई पेनाल्टीको मौका दिएको भएपनि भिएआर चेकपछि नर्वेका खेलाडीको कुनै फल नदेखिंदा पेनाल्टी रद्द गरिएको थियो। इंग्ल्यान्डले अब फाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डको विजेतासँग खेल्ने छ।


    images

    Logo