images
images

आजदेखि भरी ग्यास सिलिन्डर पाइने, कति पर्छ मुल्य ?


  • 198
    SHARES
  • २०८३ आषाढ ३० गते मंगलबार

    आजदेखि भरी ग्यास सिलिन्डर पाइने, कति पर्छ मुल्य ?

    काठमाडौं । आजदेखि भरी ग्यास सिलिन्डर पाइने भएको छ । नेपाल आयल निगमले बुधबारदेखि लागू हुनेगरी खाना पकाउने पकाउने  ग्यास उपलब्ध गराउने निर्णय गरेको हो । निगमले मंगलबार एक विज्ञप्ति प्रकाशित गरि आपूर्ति र वितरण प्रणाली पुरानै अवस्थामा फर्किएको भन्दै आधाको ठाउँमा पूरा सिलिन्डर बिक्री गर्ने जनाएको छ । उपभोक्ताले १४.२ केजीको ग्यासको मूल्य भने दुई हजार ६० रुपैयाँ तिर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । 

    मध्यपुर्वमा अमेरिका र इरानबीच तनाव बढेपछि अस्थायी रूपमा ७.१ केजी ग्यास भर्ने व्यवस्था गरिएको थियो । त्यसलाई अन्त्य गर्दै अब १४.२ केजी क्षमताकै सिलिन्डर पुनः वितरण गरिने भएको निगमले जनाएको  छ । 

    भारतबाट आउने ग्यासको परिणाम बढेको र आमउपभोक्ता वर्गबाट १४.२ केजी ग्यास सिलिन्डरको उच्च माग भएपछि  निगमले असार ३१ गतेबाट मुलुकभर नै साविककै १४.२ केजी ग्यास भर्ने व्यवस्था मिलाइएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।

    2e10d637-f722-4812-b886-d1f43ca23eed.jfif


    images

    Logo