images
images

पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध


  • 140
    SHARES
  • २०८३ आषाढ ३२ गते बिहीबार

    पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

    गलकोट  ।  पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि आवतजावत अवरुद्ध भएको छ । 

    जैमिनी नगरपालिका–८ बेलबगर स्थित सो करिडोरमा खसेको पहिरोले सडक अवरूद्ध भएको हो । सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।  सडक अवरूद्ध भएपछि बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएको छ भने बुटवलतर्फका सवारीसाधन बेलबगरमै रोकिएका छन् । 


    images

    Logo