images
images

तीन महिनामा तीन हजार ३४७ विपद्का घटना, १६३ को मृत्यु, नौ सय बढी घाइते


  • 114
    SHARES
  • २०८३ श्रावण २ गते शनिबार

    तीन महिनामा तीन हजार ३४७ विपद्का घटना, १६३ को मृत्यु, नौ सय बढी घाइते

    काठमाडौं । पछिल्लो तीन महिनामा मुलुकभर तीन हजार ३४७ विपद्का घटना भएका छन् । ती विपद्बाट १६३ जनाको मृत्यु भएको छ भने ९७२ जना घाइते भएका छन् । विपद्बाट चार हजार ४७३ घर परिवार प्रभावित बनेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

    प्राधिकरणका अनुसार गत वैशाख १ गतेदेखि आजसम्म सबैभन्दा बढी सर्पदंशका घटना भएका छन् । सर्पदंशका कारण ३९ जनाको मृत्यु भएको छ । यस्तै चटयाङ्बाट २५, लोक लागेर २१, आगलागी र जनावरको आक्रणबाट १७÷१७, हुरीबतासबाट १३, पहिरोबाट १२, बाढीबाट १० र भारी वर्षाका कारण चार जनाको मृत्यु भएको छ । 

    पछिल्लो २४ घण्टामा मात्रै ४५ विपद्का घटनामा परी तीन जनाको मृत्यु तथा २५ जना घाइते भएका छन् । विपद्बाट रु १२ लाख २७ हजार बराबरको क्षति भएको प्राधिरणले जनाएको छ । 


    images

    Logo