images
images

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु


  • 93
    SHARES
  • २०८३ श्रावण २ गते शनिबार

    डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

    डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    धनगढीदेखि दार्चुला जाँदै गरेको सु प प्र ०१००१ ज १८५० नम्बरको बोलेरो जिप आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए । 

    मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाँउपालिका–१ का २५ वर्षीय शुभम लोथ्याल र सोही ठाउँका २० वर्षीय हुम लोथ्याल छन् । जिप करिब ५०० मिटर तल खसेको थियो । जिपमा सवार तीन जना घाइते भएका छन् । घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


    images

    Logo