images
images

फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड विश्वकपको तेस्रो स्थानमा


  • 155
    SHARES
  • २०८३ श्रावण ३ गते आइतबार

    फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड विश्वकपको तेस्रो स्थानमा

    काठमाडौं । फ्रान्सलाई हराउँदै इंग्ल्यान्डले विश्वकपको तेस्रो स्थान हात पारेको छ ।बुकायो साकाको ह्याट्रिकको मद्वतमा इंग्ल्यान्डले विश्वकपमा १९६६ पछि उत्कृष्ट नतिजा निकालेको हो । खेलको पहिलो हाफमै  ४(० को अग्रता कायम गरेको इंग्ल्यान्डले फ्रान्सलाई ६(४ ले हराउँदै तेस्रो भएको हो ।

    इंग्ल्यान्डका लागि पहिलो गोल डेक्लन राइसले खेलको तेस्रो मिनेटमा गोल गरे । खेलको १८ औँ मिनेटमा एज्री कोन्साले गोल गरे । खेलमा बुकायो साकाले खेलको ३० औँ, ४७ औँ र ८५ औँ मिनेटमा गोल गर्द्दै ह्याट्रिक पूरा गरे । फ्रान्सका क्लियन एम्बाप्पेले ४७ औँ र ६६ औँ मिनेटमा गोल गर्दै  विश्वकपमा सबैभन्दा बढी २२ गोल गर्ने खेलाडी बने । 

    जारी विश्वकपमा पनि एम्बाप्पेको गोल संख्या १० पुगेको छ । समग्र विश्वकपमा अर्जेन्टिनाका लियोनल मेसीले २१ गोल गरेका छन् । त्यस्तै जारी विश्वकपमा पनि उनको गोल संख्या ८ छ । 

    फ्रान्सका लागि ५३ औँ मिनेटमा ब्राड्ली ब्रोकोलाले गोल गरे भने खेलको ९५ औँ मिनेटमा उसमान डेम्बेलेले गोल गरेपनि हार टार्न सकेनन्  । यधपी पहिलो हाफमा ४-० ले पछि परेको फ्रान्सले दोस्रो हाफमा चार गोल फर्काउँदै इङल्याण्डमाथि दवाव बढाएको थियो ।   


    images

    Logo