काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको जलविरेमा दुई बस र एउटा ट्रक आपसमा ठोक्किदा २५ जना घाईते भएका छन् । चितवनको इच्छाकामना गाउँपालिकाको जलविरेमा आज बिहान दुई बस र एउटा ट्रक आपसमा ठोक्किएका थिए ।
सो दुर्घट्नामा परेर २५ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाडौंबाट दाङतर्फ जाँदै गरेको बस र सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बस, सोही दिशाबाट आउँदै गरेको ट्रकमा ठक्कर खाएर दुर्घटना भएको थियो । घाइते भएकाहरूलाई उपचारको लागि भरतपुर पठाइएको छ ।
दुवै बस र ट्रक घटनास्थलमा रहेकोले दुइतर्फी सडक दुई घण्टासम्म अवरुद्ध भएको थियो। सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाल प्रहरीको संयुक्त टोलीले सडक खुलाएको प्रहरीले जनाएको छ ।