images
images

सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो


  • 133
    SHARES
  • २०८३ श्रावण ४ गते सोमबार

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सामाजिक अपराधजन्य घटनाको रेखाचित्र (ग्राफ) बर्सेनि बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०र८१ भन्दा आव २०८१र८२ मा शून्य दशमलव १४ प्रतिशतले अपराध बढेको हो ।

    त्यस्तै, आव २०८१र८२ भन्दा आव २०८२र८३ मा एक दशमवल १५ प्रतिशतले अपराध बढेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका इलाका प्रहरी कार्यालयको पछिल्लो तीन आर्थिक वर्षको अवधिमा यहाँ कुल दुई हजार ६०३ वटा अपराधजन्य मुद्दा दर्ता भएका जनाएका छन् । यो परिणामले समाजमा अपराधिक प्रवृति बढ्दै गएको देखाउने जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले राससलाई जानकारी दिए ।

    कर्णाली प्रदेशको सबैभन्दा विकसित मानिने प्रदेशको राजधानी सुर्खेतमा दर्ता भएका मुद्दालाई विश्लेषण गर्दा आव २०८०र८१ मा ८२०, २०८१र८२ मा ८३४ र २०८२र८३ मा ९४९ दर्ता भएका उनले उल्लेख गरे । जसमा लागुऔषध, जघन्य अपराध (जबरजस्ती करणी) र आत्म हत्यासँग सम्बन्धित घटना अन्यभन्दा बढ्दो क्रममा रहेका उनले बताए ।

    प्रहरी उपरीक्षक पोखरेलका अनुसार लागुऔषधसँग सम्बन्धित घटनामा पछिल्लो समय बालबालिका पनि सङ्लग्न भएको पाइएको छ । “आव २०८०र८१ मा लागुऔषधसँग सम्बन्धित १९२ मुद्दा दर्ता हुँदा चार बालक सङ्लग्न थिए । २०८१र८२ मा एक र आव २०८२र८३ मा सात बालक र दुई जना बालिका सङ्लग्न रहेका पाइएको छ”, उनले भने ।

    जघन्य अपराध मानिने जबरजस्तीकरणीका घटना पनि सुर्खेतमा बढ्दो अवस्था रहेका प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । “आव २०८०र८१ मा ८२०, आव २०८१र८२ मा ८३४ र आव २०८२र८३ मा २४४ वटा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएका छन्”, उनले भने, “आव २०८०र८१ देखि २०८२र८३ सम्म १९ वटा कर्तव्य ज्यानसम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएका छन्, यसको सङ्ख्या पनि बढ्दो देखिन्छ ।”

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार तीन आर्थिक वर्षमा घरेलु हिंसाका एक हजार ३८२, सामाजिक हिंसासम्बन्धी एक हजार ३५७ मुद्दा दर्ता भएका थिए । आव २०८२र८३ मा विद्युतीय ठगी, सामाजिक सञ्जाल फेसबुक ह्याक र मोबाइल चोरीलगायत ७९१ मुद्दा दर्ता भएका गरिएको थियो । 

    आत्महत्याको अवस्था डरलाग्दो

    पछिल्लो समयमा सुर्खेतमा आत्महत्या गर्नेको सङ्ख्या वृद्धि भइरहेकाले यो अवस्था निकै डरलाग्दो र चुनौतिपूर्ण बन्दै गएको छ । प्रहरी उपरीक्षक पोखरेलका अनुसार सुर्खेतमा वार्षिक सरदर ११० जनाले आत्महत्या गर्नेगरेका तथ्याङ्कले देखाउँछ । जसअनुसार आव २०८०र८१ मा १११, आव २०८१र८२ मा ११४ र आव २०८२र८३ मा १०७ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गरेका ३३२ मध्ये २९५ जना (८९ प्रतिशत)ले झुण्डिका उनले जानकारी दिए । 

    सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना पनि सुर्खेतमा बढ्दै गएका प्रहरी उपरीक्षक पोखरेलले बताए । उनका अनुसार तीन आर्थिक वर्षमा क्रमशः १३, १९ र १८ ठगीका र सवारी अपराधलाई हेर्दा सवारी ज्यानसम्बन्धी १९, २५ र ३१ घटना दर्ता भएको प्रहरी तथ्याङ्क छ ।   

    यसरी विभिन्न खाले अपराधजन्य घटना वृद्धि हुनुका मुख्य कारणमा बढ्दो सहरीकरण, बेरोजगारी, सामाजिक सञ्जालको नकरात्मक प्रभाव, सहरिया जीवनशैलीको देखासिकी र असावधानीपना भएको प्रहरी उपरीक्षक पोखरेलले बताए । समाजमा घट्ने विभिन्न खाले सामाजिक अपराधका घटना न्यूनीकरणमा प्रहरी एक्लैको प्रयासले हुन नसक्ने भन्दै प्रहरी उपरीक्षक पोखेरेलले तीन तहका सरकारको आपसी समन्वय एवं सहकार्य र राज्यका सबै अङ्गको उत्तिकै दायित्व रहेको जनाए ।


    images

    Logo