काठमाडौं । काठमाडौंको कीर्तिपुरमा गाडीमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार ट्याङ्लाफाँटको चाँदनी चोक नजिकै बा ५ च ३०३८ नम्बरको किया कारमा आगलागी भएको हो।
कारमा एक्कासि आगो लागेपछि चालक बाहिर निस्कन नपाएकाले गाडीभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ । सिट बेल्ट बाँधेको अवस्थामै जलेको उनलाई फेला पारिएको हो । मृतकको पहिचान खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।