images
images

दुई फर्मलाई विभागको जरिवाना


  • 199
    SHARES
  • २०८३ श्रावण ६ गते बुधबार

    दुई फर्मलाई विभागको जरिवाना

    काठमाडौँ । स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण  विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ । विभागले किसु चमेनागृहलाई रु २० हजार जरिवाना गरिएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिम खरिद बिल बिजक नराखेकाले सोही ऐनको दफा ३८ ९घ० बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ । 

    यस्तै, काठमाडौँको जडीबुटीमा रहेको क्याल्मेरा अटाएर प्रालिलाई रु पाँच हजार जरिवाना गरेको छ । विभागले कुल १२ फर्ममा अनुमगन गरेकामा १० वटालाई भने सुधारात्मक निर्देशन दिएको छ । उद्योग, फर्महरूको अनुमगन गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देश एवम् कारबाही गरिएको विभागले स्पष्ट पारेको छ । बजारमा स्वच्छता कायम राख्न, अखाद्य वस्तुको कारोबार रोक्न, बिल बिजक जारी गराउन विभागले नियमित अनुमगन गर्दै आएको छ । 


    images

    Logo