काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले आज पदभार ग्रहण गरेका छन्।पदभार ग्रहणसँगै डा उप्रेतीले जाजरकोट भूकम्पबाट क्षतिग्रस्त १८८ घर पुनर्निर्माण प्रक्रिया सुरु गर्नेसम्बन्धी निर्णयमा हस्ताक्षर गरे । मन्त्रिपरिषद्को यही साउन ६ गते बसेको बैठकले डा उप्रेतीलाई प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गरेको थियो ।
प्राधिकरणका अनुसार पदभार ग्रहणकै दिन जाजरकोट भूकम्पपीडितका बाँकी घर पुनर्निर्माण प्रक्रिया अघि बढाउने निर्णयबाट कार्यप्रारम्भ गरिएको हो । डा उप्रेतीले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, उद्धार तथा पुनःस्थापनाका कार्यलाई प्रभावकारी बनाउँदै प्राधिकरणको संस्थागत क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।