images
images

मुगुमा पहिरोले घर पुरिँदा तीन वर्षीय बालकको मृत्यु, दम्पती घाइते


  • 130
    SHARES
  • २०८३ श्रावण ९ गते शनिबार

    मुगुमा पहिरोले घर पुरिँदा तीन वर्षीय बालकको मृत्यु, दम्पती घाइते

    काठमाडौं । मुगु जिल्लामा गएको पहिरोले घर पुरिँदा एक तीन वर्षीय बालकको मृत्यु भएको छ भने उनका बाबुआमा घाइते भएका छन्।

    जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा पहिरोले घर पुरिँदा रारा नगरपालिका–१३ का ३२ वर्षीय जगनाथ बडुवाल र उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल घाइते भएका हुन्। दुर्घटनामा उनीहरूका तीन वर्षीय छोरा रमेश बडुवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    बडुवाल दम्पतीले स्थानीय पेमा लामाको घर भाडामा लिएर होटल सञ्चालन गर्दै आएका थिए। अविरल वर्षापछि आएको पहिरोले उक्त घर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।

    घटनापछि थप जोखिमलाई मध्यनजर गर्दै आसपासका आठ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। प्रहरीले प्रभावित क्षेत्रमा सतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरेको छ।


    images

    Logo