images
images

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुनःपहिरो


  • 38
    SHARES
  • २०८३ श्रावण १२ गते मंगलबार

    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुनःपहिरो

    चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको खहरे खोलामा पुनः सुक्खा पहिरो खसेको छ । आज बिहान ८ः३० बजे खसेको पहिरो दिउँसो १ः१५ बजे पन्छाएर सञ्चालनमा ल्याइएको थियो । दिउँसो २ः५० बजे पुनः पहिरो खसेर सडक अवरुद्ध भएको जनाइएको छ । 

    डिभिजन सडक कार्यालय चितवनका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार पहिरो पन्छाउन कम्तिमा २ घण्टा लाग्ने छ । पहिरो खस्ने जोखिम अझै कायमै रहेको घिमिरेले जानकारी दिए । पहिरो खसेसँगै चितवनातर्फबाट काठमाडों र काठमाडौंबाट तराई हिडेका सवारीसाधन पुनः रोकिएका छन् । 

    पहिरो पन्छाउने कार्य सुरु गरिए पनि ४० मिटर माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खस्ने क्रम नरोकिदा काममा बाधा पुगेको छ । काठमाडौँको लाइफलाइनका रूपमा रहेको यो सडक हुँदै दैनिक १० हजार बढी सवारीसाधन आवतजावत गर्ने गर्दछन् ।


    images

    Logo