काठमाडौं । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले शनिबार लिग्स कपको खेलमा मोन्टेरेसँर्ग २–१ ले पराजीत भएको छ । टोलीले खेल अघि जर्ज मेस्सीका लागि एक मिनेट मौन धारण गरेका थिए । उनको अर्जेन्टिनामा ६८ वर्षको उमेरमा निधन भएको हो ।
इन्टर मियामीका कप्तान लियोनेल मेस्सी शनिबार राति त्यहाँ पुगेका थिए । “हाम्रो हृदय हाम्रा कप्तान लियो र सम्पूर्ण मेस्सी परिवारसँग छ,” इन्टर मियामीले एक विज्ञप्तिमा भनेको छ । अर्जेन्टिनी मिडफिल्डर रोड्रिगो डि पाउलले ३२ औँ मिनेटमा गोल गरेर मियामीलाई पहिलो ४५ मिनेटमा १-० को अग्रता दिलाएका थिए ।
यो मेक्सिकन टोलीविरुद्धको समूह चरणको खेल थियो । बेल्जियमका स्ट्राइकर हुगो कुइपर्सले ४७ औँ मिनेटमा गोललाई बराबरी गरेका थिए । त्यसपछि उरुग्वेकास्ट्राइकर डिएगो रोस्सीले ९० औँ मिनेटमा विजयी गोल गरेका थिए । मेजर लिग सकरको च्याम्पियन मियामीले आफ्नो पहिलो समूह चरणको खेलमा एट्लेटिको सान लुइसलाई ४-२ ले जितेका थियो । इन्टर मियामी बुधबार लियोनसँग खेल्नेछ ।


