भक्तपुर । भक्तपुरको सुधार गृहमा एकजनाको शंकास्पद मृत्यु भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका–१ सिरूटारस्थित सुधार केन्द्रमा राखिएका करिब ४४ वर्षीय उमेश खड्गीको तीन दिनअघि शंकास्पद मृत्यु भएको हो ।
मदिराको लत छुटाउन सुधार केन्द्रमा राखेको खड्गीका बारेमा आइतबार बिहान सञ्चालकले फोन गरेर घटनाबारे जानकारी गराएको परिवारका सदस्यहरूले बताएका छन् । घटनाबारे अनुसन्धान गर्न प्रहरीले सुधार केन्द्रका अध्यक्ष गौतम श्रेष्ठसहित ५ जनालाई पक्राउ गरेको छ ।
सुधार केन्द्रमा बेहोस भएपछि खड्गीलाई मध्यपुर अस्पतालमा लगेको र त्यहाँ मृत्यु भएको सञ्चालकले प्रहरीलाई बताएका छन् । मध्यपुर अस्पतालबाट उनको शव पोष्टमार्टमका लागी दुवाकोटस्थित केएमसी अस्पतालमा पठाइएको छ ।
घट्नाका सम्वन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । सोहि घट्नालाई लिएर मृतकका आफन्तले आइतबार बिहानैदेखि सुधारगृह अघि घेराउ गरेका थिए । त्यस क्रममा भिड नियन्त्रण गर्न दिनभरि प्रहरी परिचनलन गरिएको थियो ।


