images
images

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला


  • 196
    SHARES
  • २०८३ भाद्र ७ गते आइतबार

    चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

    कैलाली। कैलालीको चुरे गाउँपालिका(५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता भएका युवकको आज शव फेला परेको छ। डडेल्धुराको अजयमेरु गाउँपालिका(३ ठेकीलाका रमेश पन्तको २२ वर्षीया छोरा खगराज पन्त घुम्नका लागि झरना आएका बेला शनिबार खसेर बेपत्ता भएका थिए।

    घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा झरनासहित आसपासका क्षेत्रमा खोजी सुरु गरेको थियो। खोजीका क्रममा आज झरनाबाट करिब ५०० मिटर तल पन्तको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाले जानकारी दिए।

    उनका अनुसार पन्त हाल धनगढीस्थित डेनित इन्सच्युटमा कोरियान भाषा अध्ययनरत थिए। मृतकको शव परीक्षणको लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    यसैबिच पछिल्लो समय सामाजिक सन्जालमा भाइरल चिप्ले झरनामा पर्यटकको चहलपहल बढ्दै गएको छ। झरना क्षेत्रमा चिप्लो सतह र जोखिमयुक्त भौगोलिक अवस्था रहेकाले प्रहरीले पर्यटकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।


    images
    images

    Logo