images
images

टप एण्ड टी–२० मा नेपाल ‘ए’ द्वारा होर्बट हुरिकेन्स ३९ रनले पराजित


  • 227
    SHARES
  • २०८३ भाद्र ८ गते सोमबार

    टप एण्ड टी–२० मा नेपाल ‘ए’ द्वारा होर्बट हुरिकेन्स ३९ रनले पराजित

    काठमाडौं  । अष्ट्रेलियामा सञ्चालित टप एण्ड टी–२० श्रृंखलामा नेपाल ‘ए’ ले पहिलो जित हात पारेको छ । श्रृंखलाको तेस्रो खेलमा नेपाल ‘ए’ ले होर्बट हुरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गरेको हो । 
     अष्ट्रेलियाको डार्विनस्थित मर्रारा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५४ रन बनाएको थियो। नेपाल ‘ए’ ले दिएको १५५ रनको विजयी लक्ष्य पछ्याएको होर्बट हुरिकेन्स १८।३ ओभरमा ११५ रन बनामा समेटियो । 

    एकेडेमीका लागि ओपनर ब्याटर नितेश सेमूएलले सर्वाधिक ३७ रन बनाए । अर्का ओपनर ज्याक कर्टेनले १२ रन बनाउँदा कप्तान निवेथन राधाकृष्णनले २० रन बनाए। टिम वार्ड २३ रनमा रनआउट भए । हुरिकेन्सका ४ जना ब्याटर बाहेक कसैले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपाल ‘ए’ को लागि नारायाण जोशीले सर्वाधिक ३ विकेट लिए । पवन सर्राफ र साहब आलमले समान २ विकेट लिए । विपिन खत्रीका नाममा १ विकेट रहयो ।  

    त्यसअघि, पहिलो इनिङ्समा ब्याटिङ गरेको नेपाल ‘ए’ को लागि कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए। उनले ३४ बलमा ६ चौका प्रहार गरे। कुशलले ओपनर मयन यादवसँग ५२ रनको अर्धशतकीय साझेदारी बनाएका थिए। 

    मयनले २५ बलमा ४ चौकासहित ३१ रन बनाएर कट एण्ड बोल्ड भए। अर्का ओपनर तृतराज दासले १० रन बनाएका थिए। कप्तान अनिल कुमार शाहले २८ रन बनाउँदै क्याच भए।
    लोकेश बम २० र साहब आलम १ रनमा अविजित रहे। 

    होर्बट हुरिकेन्सका राफ म्याकमुलेनले सर्वाधिक ३ विकेट लिए। मार्कस विन्सले २ विकेट लिँदा ब्राड्ले होप, र निवेथन राधाकृष्णनले १–१ विकेट लिए। नेपाल ‘ए’ पहिलो खेलमा एनटी स्ट्राइकसँग ८ र दोस्रो खेलमा  बंगलादेश हाई पर्फमेन्स ११ सँग ९ विकेटको पराजित भएको थियो।


    images
    images

    Logo