हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । मुख्मन्त्री थापाले मंगलबार साँझ भएको मतदानमा ५७ मत पाएका हुन ।
थापालाई सरकार टिकाउन ५३ मत आवश्यकथियो। उनले प्रदेशसभाको कुल उपस्थित ५८ सांसद मध्ये ५७ मत पाएका हुन् । मौजुदा संसद्को १०४ सदस्य मध्ये मुख्यमन्त्री थापाको विश्वासको मत सम्बन्धी प्रस्ताव माथिको छलफलमा सत्तारुढ ३ दलका ५८ सांसद मात्र उपस्थित थिए ।
विपक्षी दल कांग्रेसका ३६, नेमकिपाका ३ र हानेपाका २ सांसद बैठक बहिस्कार गर्दै वैठकमा सहभागी भएनन् । त्यसैगरी सरकार साझेदार दल राप्रपाका १२ मध्ये ५ सांसद पनि बैठकमा अनुपस्थित रहे ।
मुख्यमन्त्री थापाले राप्रपाका ७, नेकपाका २६ र एमालेका २६ मध्ये २५ जनाको विश्वासको मत प्राप्त गरेका हुन्। एमालेबाट उपसभामुख सहित २५ सांसद रहेकाले उपसभामुखले मत विभाजनमा सहभागिता जनाइनन्।
विपक्षीको बहिस्कारका कारण उनको विश्वासको मत माथिको प्रस्तावको विपक्ष वा तटस्थमा कुनै पनि मत परेको थिएन।



