काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले प्राकृतिक विपत्तिको विषम परिस्थितिमा हवाई भाडा वृद्धि नगर्न वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको छ । क्यानले आज विज्ञप्ति जारी गर्दै आन्तरिक उडानतर्फका वायुसेवा कम्पनीलाई उक्त आग्रह गरेको हो ।
“हाल देशमा उत्पन्न बाढी तथा प्राकृतिक विपत्तिको विषम् परिस्थितिमा सर्वसाधारणको आवागमनमा सहजता र हितलाई मध्यनजर गर्दै नेपाल सरकारबाट स्वीकृत हवाई भाडादरको उच्चतम भाडादरभन्दा कम र परिस्थितिलाई मध्यनजर गर्दै समुचित हालको भाडादरमा नबढ्ने गरी हवाई टिकट उपलब्ध गराउने व्यवस्था गर्न निर्देशानुसार अनुरोध छ”, क्यान, हवाई यातायात विभागका उपप्रबन्धक सन्तोष अधिकारीेले भने ।