images
images

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित


  • 275
    SHARES
  • २०८३ भाद्र १४ गते आइतबार

    एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित

    काठमाडौं । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)को दोस्रो वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा भएको सभाले आर्थिक वर्ष २०८२र०८३ को वार्षिक प्रतिवेदन, आर्थिक विवरण र लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ। 

    सञ्चालक समितिले नियुक्त गरेको स्वतन्त्र सञ्चालकलाई पनि सभाले अनुमोदन गरेको छ। सभाले गएको आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको २.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ। यसैसँगै बोनस सेयरमा लाग्ने करका लागि १५ लाख ५७ हजार ३४३ नगद लाभांश दिने प्रस्ताव पनि पास भएको छ। 

    कम्पनीको उद्देश्यसँग मेल खाने अन्य कम्पनी गाभ्ने वा किन्ने अधिकार सञ्चालक समितिलाई नै दिने निर्णय पनि सभाले गरेको छ। साथै, प्रबन्धपत्रमा थप व्यवस्था राख्ने प्रस्ताव पारित गर्दै एनडीपीले अब परिवर्तनीय डिबेञ्चर, प्राथमिकता प्राप्त सेयर र विदेशी लगानीकर्तालाई लक्षित वित्तीय उपकरण जारी गर्न सक्नेछ। 

    07c790a9-42c9-4e07-b444-dabbd235beef (1).jfif
    undefined

    जारी पुँजीको २० प्रतिशत सर्वसाधारणका लागि छुट्याउने व्यवस्था पनि सभाले स्वीकृत गरेको छ। भविष्यमा नियामक निकायले यी संशोधनमा सुधार गर्न भन्यो भने त्यो जिम्मेवारी पनि सञ्चालक समितिले नै पूरा गर्नेछ। गएको आर्थिक वर्ष २०८२र०८३ मा एनडीपीले कर बाहेक ७ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको थियो। 

    कम्पनीको कुल चुक्ता पुँजी हाल १ अर्ब १८ करोड ३५ लाख रुपैयाँ पुगेको छ। सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले एनडीपी स्थापना भएको धेरै समयपछि मात्र नेपाल सरकारले वैकल्पिक वित्तीय वृत्त स्थापना गर्ने कार्यक्रम अगाडि बढाएको उल्लेख गरे । 

    स्वदेशी पुँजीबाटै ठूला पूर्वाधार योजनामा लगानी जुटाउने, मुलुकमा लगानी मैत्री वातावरण छ भन्ने सन्देश दिने र वैदेशिक रोजगारीमा जान बाध्य भएका लाखौं युवालाई स्वदेशभित्रै लगानी र रोजगारीको अवसर दिने उद्देश्यले कम्पनी स्थापना भएको ढकालको भनाइ थियो । 

    6a2394cb-7770-43ba-8044-124d53101449.jfif

    मुलुकभित्र र बाहिर छरिएर रहेको पुँजी सङ्कलन गरी उत्पादनमूलक क्षेत्र, ठूला पूर्वाधार र महत्वपूर्ण आयोजनामा लगानी गर्न सकेमा मात्र देशको आर्थिक रूपान्तरण सम्भव हुने अध्यक्ष ढकालले बताए । कम्पनी नाफाका लागि मात्र स्थापना न उल्लेख गर्दै ढकालले लगानी वातावरण सुधार्न र देशभित्रै पुँजी परिचालन गर्न समेत योगदान गर्ने लक्ष्य कम्पनीले  राखेको बताए । कम्पनीले जलविद्युत्, केबलकार पर्यटन र सूचना प्रविधिजस्ता क्षेत्रमा लगानी विस्तार गर्दै जाने अध्यक्ष ढकालको भनाइ थियौ ।


    images
    images

    Logo