images
images

नागढुंगा–नौबिसे सडक भासियो, सवारी सञ्चालन प्रभावित


  • 213
    SHARES
  • २०८३ भाद्र १७ गते बुधबार

    नागढुंगा–नौबिसे सडक भासियो, सवारी सञ्चालन प्रभावित

    काठमाडौं । काठमाडौं प्रवेश गर्ने प्रमुख नाका नागढुंगा–नौबिसे सडकखण्ड भासिएको छ । नागढुंगानजिकै पात्ले वन क्षेत्रमा सडक भासिएपछि सवारी सञ्चालन प्रभावित भएको छ ।

    धादिङ सडक विभागका अनुसार नागढुंगाबाट करिब ७२५ मिटर नौबिसेतर्फ सडक भासिएको हो । सडक भासिएपछि हाल उक्त क्षेत्रमा सवारीसाधन एकतर्फी रूपमा सञ्चालन गरिएको छ ।

    विभागले पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई भने यही सडकखण्डबाट सञ्चालन गर्न दिइएको जनाएको छ । अन्य सवारीसाधनलाई नागढुंगा सुरुङमार्गबाट पठाउने तयारी भइरहेको बताइएको छ ।

    यसअघि पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा पहिरो खस्दा यातायात सञ्चालनमा समस्या भइरहेको अवस्थामा नागढुंगा–नौबिसे सडक भासिँदा काठमाडौँ आवतजावत गर्ने यात्रु तथा सवारीसाधन थप प्रभावित हुने भएका छन् ।

    सडकको अवस्था र सम्भावित जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायले आवश्यक व्यवस्थापनको काम गरिरहेको जनाएको छ ।


    images
    images

    Logo