images
images

नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँट, लक्की नम्बर ८


  • 712
    SHARES
  • २०७८ फाल्गुण २४ गते मंगलबार

    नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँट, लक्की नम्बर ८

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको साधारण शेयर (आईपीओ) आज बाँडफाँट भएको छ । आइपीओ बाँडफाँडमा लक्की नम्बर ८ रहेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार मंगलबार  दिउँसो  होटल यल्लो प्यागोडा जमलमा  आईपीओ बाँडफाँट गरिएको हो ।   

    कम्पनीले फागुन ११ गतेदेखि १५ गतेसम्म ८ करोड २८ लाख ७५ हजार रुपियाँ बराबरको आईपीओ निष्काशन खुला गरेको हो । प्रति कित्ता रु. १०० अंकित दरका ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गरेको हो ।  

    कूल निष्काशन मध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४१ हजार ४ सय ३७ कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयर सर्वसाधारणका छुट्याइएको थियो । सर्वसाधारणका लागि छुट्याइएको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयर ७७ हजार ४ सय ५३ जनाले १०–१० कित्ता र ३ जनाले ११–११ कित्ता पाएका हुन् ।   त्यस अनुसार ७७  हजार ४ सय ५६ जनाले मात्रै शेयर पाएका छन । 

    लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट https://www.globalimecapital.com/menu/ipo-fpo-share-allotment-check  र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट  https://iporesult.cdsc.com.np/  र कम्पनीको वेबसाइट https://slbs.nesdonepal.org/ बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ ।


    images

    Logo