images
images

यस्तो छ नेपाल टेलिकमको सेवा लिने तरिका, ब्यालेन्स ट्रान्सफरदेखि गिफ्ट प्याकेजेजसम्म


  • 622
    SHARES
  • २०७८ जेठ ७ गते शुक्रबार

    यस्तो छ नेपाल टेलिकमको सेवा लिने तरिका, ब्यालेन्स ट्रान्सफरदेखि गिफ्ट प्याकेजेजसम्म

    काठमाडौं । नेपाल टेलिकमले घरानैै बसेर विभिन्न तरिकाले रिचार्ज, ट्रान्सफर र गिफ्ट प्याकेजका सुविधा उपलब्ध गराएको छ । निषेधाज्ञा बेला आफ्ना ग्राहकलाई सहज सेवा उपलब्ध गराउन नेपाल टेलिकमले यस्तो सेवा ल्याएको हो । वर्क फ्रम होमबाट आफ्नो दैनिकी चलाइरहेका ग्राहकलाई अनलाइन क्लास, वेबिनारजस्ता क्रियाकलापमा संलग्न हुनुपर्ने भएकाले यस्ता सेवा सुविधा लिने प्रक्रिया वारे जानकारी गराउन  आवश्यक ठानेको टेटेलिकमका प्रवक्ता राजेश जोशीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । 

    ब्यालेन्स ट्रान्सफर: नेपाल टेलिकम एपमा उपलब्ध ‘ब्यालेन्स ट्रान्सफर’ अप्सनबाट दिइएको निर्देशन अनुसार ब्यालेन्स ट्रान्सफर गर्न सकिन्छ । प्रिपेड मोबाइल प्रयोगकर्ताले ८द्धद्दद्द८क्भअगचष्तथ ऋयमभ८ःयदष्भि ल्गmदभच८च्गउभभक३ डायल गरेर ब्यालेन्स ट्रान्सफर गर्न सकिन्छ ।

    सेक्युरिटी कोड प्राप्त गर्नका लागि आफ्नो मोबाइलबाट क्ऋइम्भ् लेखेर १४१५ मा एसएमएस गर्न सकिन्छ । ब्यालेन्स ट्रान्सफर गर्नुपर्ने मोबाइल नम्बर र त्यसपछि ब्यालेन्स पठाउन चाहेको रकम (रुपैयाँ) उल्लेख गर्नुपर्छ । यस प्रक्रियाबाट प्रिपेड मोबाइलमा भएको ब्यालेन्स प्रिपेड वा पोस्टपेड दुवैमा ट्रान्सफर गर्न सकिन्छ ।

    रिचार्ज कार्डको प्रयोग: बजारमा उपलब्ध रिचार्ज कार्डको प्रयोग गरेर आफ्नो मोबाइलमा रिचार्ज गर्न ८द्धज्ञद्द८उष्ललगmदभच३ डायल गर्न सकिन्छ । अन्य मोबाइलमा वा नेपाल टेलिकमका अरु सेवाहरू रिचार्ज गर्नुपरेमा ८द्धज्ञद्द३ डायल गरी त्यहाँ दिइएको निर्देशन बमोजिम गर्नुपर्दछ ।

    गिफ्ट प्याकेज : नेपाल टेलिकमका सुलभ दरका भ्वाइस तथा डाटा सेवाहरू उपहारस्वरुप आफन्त वा साथीभाइलाई प्रदान गर्न सकिने सुविधा पनि उपलब्ध छ । यस अन्तर्गत निश्चित दिनका लागि भ्वाइस वा डाटा सेवा उपहारका रुपमा प्रदान गर्न सुविधा नेपाल टेलकमले दिएको हो ।

    नेपाल टेलिकम एपमार्फत गिफ्ट उपलब्ध गराउनेका लागि त्यसमा भएको ‘गिफ्ट प्याकेजेज’ मा क्लिक गर्नुपर्छ । विभिन्न दरका डाटा र भ्वाइस प्याकेजको सूची हेरेर ‘डाटा’ लेखिएको एपमा गई कति एमबीको डाटा उपहार दिने हो सोही अपसनमा  ‘क्लिक टु सब्सक्राइब’ लेखिएको स्थानमा क्लिक गरी गिफ्ट दिन चाहेको मोबाइल नम्बर लेखी ‘ओके’ गर्नुपर्छ । त्यसैरी नै ‘भ्वाइस’ क्लिक गरी भ्वाइस प्याकेज गिफ्ट दिन सकिन्छ ।

    यसैगरी यो वेबसाइटमा गएर पनि रोजिएका प्याकेजहरु साथीभाई र आफन्तलाई उपहारका रुपमा प्रदान गर्न सकिन्छ । यसरी गिफ्ट दिँदा गिफ्ट दिने व्यक्तिकै मोबाइलबाट व्यालेन्स रकम काटिन्छ । मोबाइल बैंकिङः हाल अधिकांश बैंकहरूले मोबाइल बैंकिङ सेवा उपलब्ध गराएका छन् । मोबाइल बैंकिङबाट जुनसुकै नम्बरमा टपअप गर्न र ब्यालेन्स ट्रान्सफर गर्न सकिन्छ ।

    अनलाइन रिचार्जः बजारमा किनेको रिचार्ज कार्डबाट आफन्त वा साथीभाइको नम्बरमा ब्यालेन्स पठाउनु परेमा टेलिकमको साइटमा उपलब्ध अनलाइन रिचार्ज पोर्टलको प्रयोग गर्न सकिन्छ । यसका लागि रिचार्ज कार्डको पिन नम्बर, सिरियल नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर आवश्यक हुन्छ ।

    टेलिकमले उपलब्ध गराएको लिंकमार्फत आफूसँग रहेको मास्टर कार्ड, एटीएम कार्ड, भिसा र युनियन पे जस्ता कार्ड प्रयोग गरेर पनि आफ्नो वा आफन्तको मोबाइलमा रिचार्ज गर्न र बिल तिर्न सकिन्छ ।

    विभिन्न डिजिटल वालेटको प्रयोगः नेपाल वा नेपाल बाहिरबाट समेत विभिन्न एपको प्रयोग गरेर आफ्नो वा आफन्तको मोबाइल रिचार्ज गर्न सकिन्छ । हाल नेपालमा प्रचलित ई–सेवा, खल्ती, आइएमई पे, प्रभु पे आदि डिजिटल वालेट यसैका उदाहरण हुन् । विभिन्न डिजिटल वालेटको प्रयोग गरी नेपालमा रहेका आफन्तको मोबाइलमा रिचार्ज गरीदिने प्रचलन हाल बढ्दो छ । 

    एमपोस पिनलेस रिचार्जः नेपाल टेलिकमले तोकेका सेवा प्रदायकहरु (जस्तै ः स्टेसनरी पसल) ले ग्राहकको मोबाइलमा सिधै व्यालेन्स रकम ट्रान्सफर गरिदिने सुविधा पनि उपलब्ध छ । आफूले व्यालेन्स रकम हाल्न चाहेको मोबाइल नम्बर उपलब्ध गराएपछि सेवा प्रदायकले सिधै त्यही नम्बरमा रकम उपलब्ध गराउन सक्दछन् ।

    सेल्फ केयरको प्रयोगः नेपाल टेलिकमको वेबसाइटमा रहेको सेल्फ केयर एकाउन्ट सेक्सनमा लग अन गरी यो सेवाको प्रयोग गर्न सकिन्छ । सेल्फ केयर एकाउन्ट प्रयोग गर्न सबभैन्दा पहिले रजिष्टर गर्नुपर्छ ।

    रजिष्टर बटनमा क्लिक गरी त्यहाँ दिइएका विवरण अपडेट गरेपछि कम्पनीका विभिन्न सेवा उपयोग गर्न सकिन्छ । सेल्फ केयरमार्फत विभिन्न सेवामा रिचार्ज गर्न, व्यालेन्स ट्रान्सफर गर्न र प्याकेज खरिद गर्न पनि सकिन्छ ।

    यसैबाट आफन्त वा साथीभाइलाई प्याकेज गिफ्ट दिन, आफूले खरिद गरेका विभिन्न प्याकेजको जानकारी लिन र मोबाइलमा उपलब्ध ब्यालेन्स सम्बन्धी जानकारी लिन पनि सकिन्छ ।


    images

    Logo