images
images

वैकल्पिक सरकारका लागि १३९ जनाको हस्ताक्षर जुट्यो, शितल निवास जाने तयारी


  • 2.3K
    SHARES
  • २०७८ जेठ ७ गते शुक्रबार

    वैकल्पिक सरकारका लागि १३९ जनाको हस्ताक्षर जुट्यो, शितल निवास जाने तयारी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न १३९ जना सांसद तयार भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकारको लागि दाबीपेश गर्न दिएको समय सकिनै लाग्दा हालसम्म १ सय ३९ जना सांसदले वैकल्पिक सरकारको गठनको लागि समर्थन गरेको जनाइएको छ । 

    काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा अहिले बैठक बसिरहेको छ । सो बैठकले राष्ट्रपतिले तोकेको समयभित्रै नयाँ सरकार गठनको दाबी पेश गर्ने तयारी छ । अहिले सरकार बन्न १३६ जना सांसदको समर्थन चाहिन्छ ।

    संविधानको धारा ७६ (५) अनुसार बन्ने सरकारमा दलीउ ह्विप नलाग्ने भएकोले स्वतन्त्र रुपमा सांसदहरु मत दिन तयार भएका हुन । त्यसरी समर्थन गर्ने सांसदमा काँग्रेस, माओवादी, एमालेका माधव नेपाल पक्ष र जसपाका उपेन्द्र यादव पक्षका सांसद छन् । 


    images

    Logo