काठमाडौं । सुचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न आवेदन दिएका उम्मेदावरीहरुको लागि कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि २२ गतेका लागि बोलाएको छ । सर्वोच्च अदालतबाट निर्देशक नियुक्तका लागि परेको रिट बिहीबार खारेज गरेको थियो । रिट खारेज भए लगतै ९ जना उम्मेदावरीको नाम सर्टलिस्टमा राखेको हो ।
मन्त्रालयका अनुसार कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ता २२ गते मंगलबार सुरु हुने छ । पहिलो दिन ६ जनाको र दोस्रो दिन २३ गते ३ जनाको कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ता रहेको छ ।


