images
images

माछापुच्छ्रे बैंकको नाफा २० प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक


  • 494
    SHARES
  • २०७९ बैशाख ७ गते बुधबार

    माछापुच्छ्रे बैंकको नाफा २० प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक

    काठमाडौं । माछापुच्छ्रे बैंकको नाफा २० प्रतिशतले बढेको छ । बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको चैतसम्मको वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ५५ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अनधिमा बैंकले १ अर्ब २९ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकले अहिले कमाएको नाफा प्रतिशेयर १३.४४ रुपैयाँ हो ।

    बैंकको नाफा बढ्नुमा बैंकको कोर बिजिनेसबाट भएको आम्दानी नै मुख्य कारण रहेको देखिएको छ । बैंकको खुद ब्याज आम्दानी ३ अर्ब १६ करोडबाट बढेर ३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । त्यस्तै, शुल्क तथा कमिसन आम्दानी ८२ करोडबाट बढेर ८५ करोड पुगेको छ । 

    बैंकले यो अवधिमा इम्पेरिमेन्ट चार्जबापत २४ करोड रुपैयाँ छुट्याएको छ । त्यसबाहेक बैंकको कर्मचारी खर्च र सञ्चालन खर्चमा समेत सामान्य वृद्धि देखिएको छ । नाफालाई घटाउने यी खर्च बढे पनि बैंकले सन्तोषजनक नाफा कायम गर्न सकेको छ । 

    यो वर्ष बैंकको निष्क्रिय कर्जा अनुपात बढेर ०.८७ प्रतिशत पुगेको छ । कस्ट अफ फण्ड ५.१० बाट बढेर ७.५६ प्रतिशत पुग्दा आधारदर समेत बढेर ७.०९ प्रतिशतबाट बढेर ९.६३ प्रतिशत पुगेको छ । 

    यो अवधिमा बैंकको रिजर्भको आकार २ अर्ब ५० करोडबाट बढेर ३ अर्ब २० करोड पुगेको छ । बैंकले चैत मसान्तसम्म १ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । 


    images

    Logo