images
images

५ लाख जेष्ठ नागरिक दोस्रो डोज खोपको पर्खाइमा, डोज कहिले आउने टुंगो छैन !


  • 999
    SHARES
  • २०७८ जेठ १० गते सोमबार

    ५ लाख जेष्ठ नागरिक दोस्रो डोज खोपको पर्खाइमा, डोज कहिले आउने टुंगो छैन !

    काठमाडौं । सरकारले थप खोप ल्याउन नसकेपछि सरकारले ६५ बर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप लगाउने नयाँ अवधि तोकेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि भारतमा बनेको कोभिशिल्ड खोप पहिलो डोज लगाएको ८ देखि १२ हप्ताभित्र दोस्रो डोज लगाउनुपर्ने भनेको थियो । 

    तर अब दोस्रो डोज खोप १६ हप्तापछि लगाउने गरी अवधि तोकेको मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलले बताए ।
    मन्त्रालयले सोमबार गरेको पत्रकार सम्मेलनमा उनले भारतले पठाएको नयाँ नियमअनुसार कोभिशिल्ड खोपको दोस्रो डोज १२ देखि १६ हप्तासम्ममा लगाउन सकिने र नेपालले त्यसैअनुसार तयारी गरेको जानकारी दिए ।

    ६५ बर्ष माथिकालाई कोभिशिल्ड खोप लगाएको आगामी २३ जेठमा १२ हप्ता पूरा हुँदैछ । 

    तर हाल नेपालमा ज्येष्ठ नागरिकलाई दोस्रो डोज लगाउन पुग्ने गरी खोप मौज्दात छैन । 

    खोप उत्पादक भारतको सेरम इन्ष्टिच्युटबाट खरिद गरेको १० लाख डोज कहिले आउने टुंगो छैन ।

    यसअघि सेरमले यो वर्ष आफूहरुले खोप निर्यात गर्न नसक्ने बताइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ लाख जेष्ठ नागरिक दोस्रो डोज खोपको पर्खाइमा छन् ।

    सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले  खोप खरिदका लागि सरकारले अमेरिका, बेलायत र रुसलाई पत्राचार गरे पनि जवाफ नआएको बताए ।

    ‘हामीले पत्र पठाएपछि केही कम्पनीले जवाफ पठाएका छन् र केहीले पठाएका छैनन् तर ठोस जवाफ आइसकेका छैनन्, हामी पहल गर्दैछौं’ उनले भने ।


    images
    images

    Logo