काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट विनियोजनमार्फत काठमाडौं जिल्लाको लागि ७ अर्ब २५ करोड ५० लाख रुपैयाँ बराबरको बजेट विनियोजन भएको छ । काठमाडौं जिल्लामा १ महानगर र १० नगरपालिका रहेका छन् । जसमध्ये सरकारले महानगरपालिकालाई २ अर्ब ३ करोड ९९ लाख बराबरको बजेट दिइएको छ भने १० नगरपालिकालाई ५ खर्ब २१ करोड ५१ लाख रुपैयाँ बराबरको बजेट विनियोजन भएको छ ।
काठमाडौंमा रहेका १० नगरपालिकामध्ये सबैभन्दा धेरै बजेट प्राप्त गर्नेमा चन्द्रागिरी नगरपालिका रहेको छ जसले आगामी आर्थिक वर्षका लागि ७१ करोड २३ लाख रुपैयाँ बराबरको बजेट पाएको छ । त्यस्तै, दोस्रो धेरै बजेट बुढानिलकण्ठ नगरपालिकालाई दिइएको छ । सो नगरपालिकालाई ६७ करोड ४ लाख बजेट छुट्याईएको छ ।
त्यस्तै, आगामी आर्थिक वर्षका लागि गरिएको बजेट विनियोजनमा सबैभन्दा कम बजेट दक्षिणकाली नगरपालीकाका लागि रहेको छ जसले ३४ करोड १७ लाखको बजेट पाएको छ । त्यसैगरि कागेश्वरी मनोहरा नगरपालीका लागि ५२ करोड ९८ लाखको बजेट पाएको छ । किर्तीपुर नगरपालिकाले ५० करोड १५ लाख बजेट विनियोजन भएको छ ।
त्यसैगरि गोकर्णश्वर नगरपालिकाले ५६ करोड २० करोड बजेट ल्याएको छ । टोखा नगरपालिकालाई ४७ करोड ४६ लाख बजेट दिइएको छ भने तारकेश्वर नगरपालिकालाई ५९ करोड ६ लाख विनियोजन गरिएको छ । नागर्जुन नगरपालिकाले ४५ करोड ५८ लाख बजेट पाएको छ । र शंखरापुर नगरपालिकालागि ३७ करोड २४ लाख बजेट विनियोजन भएको छ ।


