images
images

प्रदेशको आन्तरिक कर : कर्णालीको कमजोर, बाग्मती बलियो, कसको कति ?


  • 403
    SHARES
  • २०७९ आषाढ ५ गते आइतबार

    प्रदेशको आन्तरिक कर : कर्णालीको कमजोर, बाग्मती बलियो, कसको कति ?

    काठमाडौं । आर्थिक वर्ष २०७९/८० का लागि ७ बठै प्रदेशले कुल ३ खर्ब ५ अर्ब बराबरको बजेट विनियोजन गरेका छन् । सो बजेटको स्रोततर्फ आन्तरिक राजश्वबाट ७ प्रदेशले कुल ४८ अर्ब १२ करोड ३ लाख बराबरको राजश्व संकलन हुने अनुमान गरेका छन् । 

    जसमध्ये बागमती प्रदेशले सबैभन्दा धेरै राजश्व संकलन गरेको छ भने सबैभन्दा कम राजश्व संकलन गर्नेमा कर्णली प्रदेश रशेको छ । बगमती प्रदेशले आगामी आर्थिक वर्षमा आन्तरिक राजश्वबाट २६ अर्ब ९७ करोड ११ लाख संगलन हुने अनुमान गरेको छ भने कर्णाली प्रदेशले आन्तरिक राजश्वबाट ७१ करोड २९ लाख मात्रै संकलन गर्ने अनुमान गरेको छ । यो बागमतीको तुलनामा कर्णाली प्रदेशको संकलन ९७.३६ प्रतिशतले कम हो । 

    दोस्रो धेरै राजश्व संकलन गर्नेमा गण्डकी प्रदेश रहेको छ । सो प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० मा कुल ५ अर्ब ४१ करोड ६६ लाख बराबरको संकलन गर्ने अनुमान गरेको छ ।  त्यस्तै, प्रदेश १ ले आगामी आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब ९८ करोड ४५ लाख संककलन हुने अनुमान गरेको छ । मधेस प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० मा राजश्व संकलनमार्फत ४ खर्ब १८ अर्ब रुपैयाँ संकलन हुने अनुमान गरेको छ । 

    त्यसैगरि लुम्बिनी प्रदेश र सुदुरपञ्चिम प्रदेशले क्रमशः ३ अर्ब ८० करोड ५९ लाख र २ अर्ब ४ करोड ९३ लाख बराबरको राजश्व संकलन गर्ने अनुमान राखेका छन् ।


    images

    Logo