काठमाडौं । बैंकहरुको निक्षेप निरन्तर उकालो लागिरहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकहरुको निक्षेप असार १७ गते एकैदिन १५ अर्ब रुपैयाँले बढेको हो ।
राष्ट्र बैंकका अनुसार असार १६ गते बैंकहरुको निक्षेप ५० खर्ब ५ अर्ब रुपैयाँ पुगेको थियो । १७ गते एकैदिन १५ अर्ब रुपैयाँले बढेर बैंकहरुको निक्षेप ५० खर्ब २० अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, सो समयमा वाणिज्य बैंकको निक्षेप पनि एकैदिन १४ अर्ब रुपैयाँले बढेको छ । १६ गते ४४ खर्ब १८ अर्ब रहेको निक्षेप १७ गते एकैदिन १४ अर्बले बढेर ५० खर्ब ३२ अर्ब रुपैयाँमा पुगेको छ ।
सो समयमा अन्य बैंक तथा वित्तीय क्षेत्रहरुको पनि १ अर्ब रुपैयाँले निक्षेप बढेको छ । असार १७ गते अन्य बैंक तथा वित्तीय क्षेत्रहरुको निक्षेप ५ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा लगानी भने घटेको छ । असार १६ गते ४७ खर्ब ११ अर्ब रुपैयाँ रहेको निक्षेप १७ गते ३ अर्बले घटेर ४७ खर्ब ८ अर्ब रुपैयााँ झरेको छ ।
उक्त समयमा वाणिज्य बैंकको कर्जा लगानी २ अर्बले घटेको छ भने अन्य बैंक तथा वित्तीय क्षेत्रहरुको कर्जा लगानीमा भने स्थिर रहेको छ । असार १७ गते वाणिज्य बैंकको कर्जा लगानी २ अर्बले घटेर ४१ खर्ब ७८ अर्ब रुपैयाँमा झरेको छ । अन्य बैंक तथा वित्तीय क्षेत्रहरुको कर्जा लगानी ५ खर्ब ३० अर्ब रुपैयाँ रहेको छ ।
त्यस्तै, सो समयमा बैंकहरुको सीडी रेसियो पनि घटेको छ । असार १६ गते बैंकहरुको सीडी रेसियो ८९.०८ प्रतिशतबाट घटेर ८८.८१ प्रतिशत रहेको छ भने अन्तरबैंक व्याजदर ७ प्रतिशत रहेको छ ।


