काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले मोबाइल एप सञ्चालनमा ल्याएको छ । ग्राहकलाई प्रदान गर्ने विभिन्न सेवा छिटो, छरितो तथा सहज तरिकाबाट होस् भन्ने उद्देश्यले ‘प्रभु क्यापिटल’ सञ्चालनमा ल्याएको हो ।
यस एपबाट ग्राहकहरुले अनलाइनबाटै हितग्राही खाता तथा मेरो शेयर अनलाइन सेवाका लागि आवेदनदिन, भिडियो केवाइसी गर्न, हितग्राही खाताको विवरणहरु परिवर्तनका लागि निवेदन दिन, हितग्राही खाता तथा मेरो शेयरको नविकरण शुल्क भुक्तानी गर्न, मेरो शेयरको पासवर्ड परिवर्तन गर्न निवेदनतथाहितग्राहीखाताको स्टेटमेन्ट माग गर्न सक्नेछन् ।
यस्तै मोबाइल एपबाट लगानी व्यवस्थापन सेवामा जोडिनको लागि उपलब्ध योजनामा आवेदनदिन सकिने सुविधा पनि यो एपमा रहेको छ । यस मोबाइल एपबाट ग्राहकहरुले नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने कम्पनीहरुको कारोबारको विवरणतथाविभिन्न परिसुचकको अवस्थाको बारेमा हेर्न पाउने सुविधा रहेको प्रभु क्यापिटल रहेको छ ।
ओम्निच्यानल प्रविधि प्रयोग गरी बनाइएको एपबाट ग्राहकहरुले अनलाइनबाटै डिम्याट खाता खोल्न र आफूलाई पायक पर्ने समयमा भिडियो केवाईसीको समय लिई उक्त काम गर्न सक्नेछन् ।
यस्तै डिम्याट खातालाई लिंक गरेर डिम्याट खाता तथा मेरो सेयरसम्बन्धी सम्पूर्ण सेवा मोबाइलबाटै लिन सकिने प्रभुले जनाएको छ ।


