काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले नयाँ टाटा विङ्गर बीएस ६ नेपाली बजारमा सार्वजनिक गरेको छ । “प्रिमियम टफ” ढाँचामा तयार परिएको यस गाडी कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सी लगायतका संस्थाहरुलाई उपयुक्त रहेको छ ।
२.२ लिटरको डाइकोर इन्जिन जडित विङ्गर बीएस् ६ को टर्क अत्यन्त प्रभावकारी रहेको कम्पनीको भनाइ छ । त्यसैगरी इको स्विच एवं गियर सिफ्ट एडभाइजर जस्ता विशेषताले गर्दा यस गाडीले कम इन्धन खपत गरी उत्कृष्ट कार्यक्षमता प्रदान गर्ने कम्पनीले जनाएको छ । हाइड्रोलिक सक एब्जर्बर भएको फ्रन्ट सस्पेन्सन एवं मोनोकक च्यासिस जस्ता विशेषता यस गाडीमा रहेको छ ।
कम भन्दा कम खर्चमा आफ्नो व्यापार÷व्यवसाय अभिवृद्धि गर्न चाहनेहरुको लागि अत्यन्त उपयोगी छ । टाटा मोटर्सको कमर्सिएल भेहिकल बिजनेस युनिट अन्तर्गतको इन्टरनेसनल बिजनेस एण्ड स्ट्र्याटिजीका उपाध्यक्ष अनुराग मेह्रोता बताउनु हुन्छ । “उत्कृष्ट कार्य क्षमता भएको अत्यन्त भरपर्दो उत्पादन मार्फत ग्राहकलाई सन्तुष्टि प्रदान गर्ने टाटाको विरासतलाई यस विङ्गरले प्रतिनिधित्व गर्दछ ।”
“यसै सन्दर्भमा हामीले अहिले बिक्री वितरण आरम्भ गरेको विङ्गर बीएस् ६ विभिन्न प्रयोजनहरुको लागि अन्त्यन्त उपयुक्त हुनु साथै कार्य क्षमताको दृष्टिकोणले पनि अब्बल छ ।
सुरक्षित यात्राको लागि विङ्गर स्कूलमा एबिसी सहितको प्रभावकारी ब्रेकिङ्ग प्रणाली जडान गरिएको छ । गाडी चलाउँदा बदेखिन यसमा फायर डिटेक्सन तथा सप्रेसन सिस्टम एवं फग ल्याम्पको व्यवस्था पनि छ । बालबालिकाको सुरक्षित एवं आरामदायी यात्राको लागि विङ्गर स्कूलमा आधुनिक विशेषताहरु छन् ।
विङ्गर कार्गो उच्च कार्यक्षमता एवं सर्वोत्कृष्ट डिजाइन चाहने अत्याधुनिक सहरी ग्राहकहरु तर्फ लक्षित छ । कार्गोको प्रभावकारी डेलीभरीको लागि आवश्यक गति, सुरक्षा एवं सुविधाको प्रत्याभूति यसले गर्दछ ।


