काठमाडौं । लगानी बोर्ड नेपालले ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको एसआर–६ जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी दिने भएको छ । लगानी बोर्डको सोमबार बसेको बैठकले भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडलाई निर्माणको जिम्मा दिने निर्णय गरेको हो ।
लगानी बोर्डको उक्त बैठकले ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी–६ (एसआर) जलविद्युत आयोजना भारतीय कम्पनीलाई दिने प्रस्ताव मन्त्रिपरिषदमा स्वीकृतिका लागि पठाउने निर्णय गरेको थियो। यो आयोजनाका लागि १ खर्ब १६ अर्ब रुपैयाँ लाग्नेछ।
त्यस्तै बैठकमा प्रधानमन्त्री देउवाले पश्चिम सेती, माथिल्लो कर्णाली, अरुण–३, तल्लो अरुण जस्ता राष्ट्रिय प्राथमिकताका परियोजनालाई तोकिएको समयमा अध्ययन तथा निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाउन निर्देशन दिएको छ ।बैठकले नेपालमा दिगो पूर्वाधार विकासमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले आगामी सेप्टेम्बर दोस्रो साता सस्ट्यानेबल इन्फ्रास्टकचर इन्भेस्टमेन्ट फोरम २०२२ आयोजना गर्ने निर्णय गरेको छ ।
.


