काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी ९ प्रो फाइभ जी र रियलमी सी ३० सार्वजनिक गरेको छ ।
लन्चमा बोल्दै रियलमि नेपालको कन्ट्री हेड मुनिश गिरीले भने ‘यो हाम्रो लागि एक दमै महत्त्वपूर्ण स्मार्ट फोन सिरिज हो । किनभने यो बेस्ट फिचर र पावर प्याक्ड पर्फर्मेन्ससहित नेपाली उपभोक्ताहरुले खोजेको मूल्यमा उपलब्ध छ ।’
रियलमी सी ३०
एन्ट्री लेभलको सबैभन्दा स्टाइलिस रियलमी सी ३० को अल्ट्रा स्लिम भर्टिकल डिजाइन स्ट्राइपले यसलाई अत्यन्तै आकर्षक लुक त दिएको छ नै, यो फोन हातमा समाउन पनि उत्तिकै सजिलो रहेको छ ।
यसमा पछाडिको क्यामरा ८ एमपिको छ भने अगाडिको क्यामरा ५ एमपिको छ । शक्तिशाली ५ हजार एमएचको ब्याट्रिको साथमा प्रयोगकर्ताहरुले दिनभरी नै आनन्दसँग फोन चलाउन सक्छन् भने स्ट्यान्डबाई मोडमा ४५ दिनसम्म टिक्छ ।
यो ब्याम्बू ग्रिन र लेक ब्लु रंगमा २÷३२ र ४÷६४ को स्टोरेजमा उपलब्ध छ । २÷३२ को मुल्य १४ हजार ४ सय ९९ छ भने ४÷६४ को १९ हजार ९ सय ९९ रहेको छ । रियलमी सी ३० नेपालभरका स्टोर र अनलाइनमार्फत् दराजमा भाद्र ५ गतेबाट उपलब्ध हुनेछ ।
रियलमी ९ प्रो फाइभजी
यसमा फाइभजी प्रोसेसरमध्यको सबैभन्दा शक्तिशाली प्रोसेसर स्न्यापड्र्यागन ६९५ फाइभजी रहेको छ भने १२० हर्जको अल्ट्रा स्मुथ फुल डिस्प्ले रहेको छ ।
यसमा ६४ एमपिको ट्रिपल क्यामरा रहेको छ । १६ एमपिको वाइड एङ्गल सेल्फी क्यामराले ग्रुप सेल्फी लिन सहज बनाएको छ । त्यस्तै साइड माउन्टेड फिङर प्रिन्ट सेन्सर रहेको छ ।
५ हजार एमएचको शक्तिशाली ब्याट्री भएको यो रियलमी ९ प्रो फाइभजी स्ट्यान्ड–बाइ मोडमा ५८१ घण्टासम्म टिक्छ भने १३९ घण्टासम्म म्युजिक प्लेयर अन गर्न सकिन्छ । त्यस्तै यसमा भएको ३३ वाटको डार्ट चार्जिङ सोलुसनले जम्मा २७ मिनेटमा नै ५० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
अरोरा ग्रिन र सनराइज ब्लुमा ८÷१२८ जीबीको स्टोरेज क्षमतासहित उपलब्ध यसको मुल्य ३८ हजार ९९९ रुपैयाँ रहेको छ ।


