काठमाडौं । नेपाल उल्द्योग परिसंघ (सीएनआई) को युवा उद्यमी मञ्चको सभापतिमा प्राची अग्रवाल चयन भएकी छिन् । मञ्चको साधारणसभाले अग्रवाललाई सन् २०२२/२३ का लागि सभापतिमा चयन गरेको हो ।
कुनाल फर्निसिबसहित विभिन्न व्यवसायमा आबद्ध रहेकी अग्रवाल मञ्चको पहिलो महिला सभापति हुन् । उनले युनिभर्सिटी अफ स्ट्राथक्लाइड, ग्लासगोबाट फाइनान्स र मार्केटिङ एवं र संयुक्त अरब इमिरेट्सबाट इन्टेरियर डिजाइनिङमा स्नातकोत्तर गरेकी छिन् ।
मञ्चको नयाँ बोर्डमा अनुराग गोयल (लर्निब चेयर), आशिष अग्रवाल (सहायक लर्निङ चेयर), मनिष श्रेष्ठ (सदस्य र संलग्नता चेयर), चिराग सरावागी (कम्यूनिकेसन चेयर), अंकुश अग्रवाल (फाइनान्स चेयर) र सुगम घिमिरे (स्टार्टअप चेयर) निर्वाचित भएका छन् ।
यस वर्ष स्टार्टअपहरूका लागि इन्क्युवेसन सेन्टर सुरु गरेर युवाहरूमा उद्यमशीलताको भावना जगाउन मञ्च केन्द्रित हुने नवनिर्वाचित अध्यक्ष प्राची अग्रवालले बताइन् ।
यो मञ्चलाई नेपाल उद्योग परिसंघको महत्वपूर्ण संगठन मानिन्छ । सन् २०१७ मा गठन भएको परिसंघको पहिलो अध्यक्ष विष्णु कुमार अग्रवाल थिए । उनै अग्रवाल अहिले परिसंघको अध्यक्ष छन् ।
अग्रवालपछि चाङ अग्रवाल, रोहित गुप्ता र अमुन थापा मञ्चको सभापति भएका थिए । प्राची यसमा पाचौं सभापति हुन् ।



