images
images

रुसको कदमले युरो र पाउण्ड बन्यो कमजोर, कति छ आजको विनिमयदर ?


  • 423
    SHARES
  • २०७९ भाद्र १६ गते बिहीबार

    रुसको कदमले युरो र पाउण्ड बन्यो कमजोर, कति छ आजको विनिमयदर ?

    काठमाडौं । सेप्टेम्बरको पहिलो दिन डलरको मूल्य स्थिर देखिएको छ । बुधबार ह्वात्तै घटेको डलरको भाउ आज १ सय २६ रुपैयाँ ८३ पैसामा कायम रहेको राष्ट्र बैंकले जनाएको छ । बुधबार डलर एकैपटक ८२ पैसाले घटेको थियो ।            युरोको मूल्य भने आज घटेको छ । हिजो प्रतियुरो १ सय २७ रुपैयाँ ३६ पैसा रहेको दर अहिले घटेर १ सय २६ रुपैयाँ ५४ पैसामा झरेको हो । त्यस्तै, पाउण्ड स्टर्लिङ पनि १ सय ४८ रुपैयाँ ८१ पैसाबाट घटेर १ सय ४७ रुपैयाँ ३६ पैसामा झरेको छ ।

    मर्मत गर्न भन्दै रुसले युरोपमा जाने ग्यास बन्द गरिदिएपछि युरोपियन मुलुकका मुद्रा अहिले कमजोर बन्न थालेका हुन् । रुस आपूर्ति रोकिए जाडो याममा युरोपेली मुलुकले थप मूल्यवृद्धिको सामना गर्नुपर्ने देखिएको छ ।  


    images

    Logo