images
images

कर्णाली मुख्यमन्त्रीमा नेता शाही नियुक्त


  • 70
    SHARES
  • २०८३ श्रावण १२ गते मंगलबार

    कर्णाली मुख्यमन्त्रीमा नेता शाही नियुक्त

    कर्णाली ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दल नेता मङ्गलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।  

    नेकपा (एमालेको समर्थनमा कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शाहीले मुख्यमन्त्री पदमा आज अपरान्ह ५ः०० बजे दाबी पेस गरेका थिए । दाबी पेसपछि प्रदेश प्रमुख जोशीले नेता शाहीलाई आजै मुख्यमन्त्रीमा नियुक्त गरेका प्रदेश प्रमुखको कार्यालय सुर्खेतका सूचना अधिकारी मनमाया काउचाले जानकारी दिए ।

    उनका अनुसार मुख्यमन्त्री शाहीको बुधबार शपथ ग्रहण गर्ने कार्यक्रम छ । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच यही साउन ९ गते सत्ता समीकरणका लागि सहमति भएको थियो ।


    images

    Logo