images
images

जुस पसललाई ५० हजार जरिवाना


  • 62
    SHARES
  • २०८३ श्रावण १२ गते मंगलबार

    जुस पसललाई ५० हजार जरिवाना

    गण्डकी । जुस सेवनपछि सर्वसाधारण बिरामी परेपछि पोखरा महानगरपालिका–६ बैदामस्थित फ्रेस जुस पसललाई जिल्ला प्रशासन कार्यालय, कास्कीले रु ५० हजार जरिवाना गरेको छ । उक्त पसलमा जुस सेवनपछि चार जना बिरामी परेको गुनासोपछि प्रशासनले आज अनुगमन गरेको थियो । अनुगमनका क्रममा जुस पसलमा सरसफाइ नगरिएको, प्रयोग गर्न नमिल्ने स्याउ, केरालगायत फलफूल फेला परेको र व्यवसाय सञ्चालनसम्बन्धी कुनै पनि कागजात नभएको पाइएपछि जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

    अनुगमनमा क्रममा भेटिएको प्रयोग गर्न नमिल्ने झण्डै १२ किलो फलफूल नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालयले व्यवसाय दर्ता तथा नवीकरण गर्न, जुस बनाउन प्रयोग हुने सामग्री नियमित सफाइ गर्न र प्रयोग गर्न नमिल्ने फलफूल अलग्गै छुट्टाएर नष्ट गर्न जुस पसल सञ्चालकलाई निर्देशन दिएको छ ।    


    images

    Logo